२०८३, आश्विन २१ गते

images
  • समाचार
  • लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको...

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु, चालक पक्राउ

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु, चालक पक्राउ

सोमवार, मंसिर २४ २०८१११:३४
सोमवार, मंसिर २४ २०८१११:३४
  • images

    काठमाडौं । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  मर्स्याङ्दी गाउँपालिका-६ ठूलोबेँसीस्थित भित्रि सडकमा ग १ त ६५ ट्याक्टर दुर्घटना हुँदा म्याग्दीकै दुधपोखरी गाउँपालिका-२ भुम्लिचोक घर भएका २५ वर्षीय मेगराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। लामा ट्याक्टरको सहचालक हुन्।  

    सदरमुकाम बेँसीसहरबाट विवाहको सामान बोकेर लमजुङकै ताराचोकतर्फ जाँदै गरेको ग १ त ६१४१ नम्बरको ट्याक्टर सोमबार बिहान अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो।  

    दुर्घटनापछि ट्याक्टर चालक धादिङको बेनिघाट गाउँपालिका-६ का २८ वर्षीय गणेशमान चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend