२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार...

बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सोमवार, मंसिर २४ २०८१०३:१८
सोमवार, मंसिर २४ २०८१०३:१८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार अध्यक्ष सिलवाल विरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो । 

    ‘अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुनपर्ने’, भन्दै मुद्दा दायर गरिएको आयोगले जारी गरेको  विज्ञप्तीमा उल्लेख छ । 

    उनीले पर्साबाट लिएको नागरिकता र काठमाडौँबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ । 

    उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend