काठमाडौँ । बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार मंंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
मंगलबार तोलामै २ हजार १ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पुनः बढेको हो । सुनको मूल्य बढेसँगै बुधबारका लागि प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै, बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर रहेको छ । मंगलबार प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार स्थिर रहेको हो ।

