२०८३, आश्विन २१ गते

images

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

बुधवार, मंसिर २६ २०८१११:५९
बुधवार, मंसिर २६ २०८१११:५९
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज मात्रै ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बैंकहरुमा पछिल्लो समय धिमा कर्जा प्रवाह र निक्षेप संकलनमा वृद्धिका कारण अधिक तरलताको अवस्था छ ।

    यसैलाई सन्तुलनमा राख्नका लागि राष्ट्र बैंकले बैंकहरुबाट निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने गर्दछ । सोही अनुसार मंसिर २६ गते पुनः बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

    यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend