२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक योग्यता नक्कली,...

सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक योग्यता नक्कली, अख्तियारले दर्ता गर्‍यो मुद्दा

सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक योग्यता नक्कली, अख्तियारले दर्ता गर्‍यो मुद्दा

बुधवार, मंसिर २६ २०८११२:४५
बुधवार, मंसिर २६ २०८११२:४५
  • images

    काठमाडौँ । सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक योग्यता नक्कली भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको २९ नम्बर गण हेक्वा ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

    आयोगले उनी विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए ।

    अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।

    साथै उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend