२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सिमेन्टको मूल्य बढाउने निर्णयबाट पछि हटे...

सिमेन्टको मूल्य बढाउने निर्णयबाट पछि हटे उद्योगी, उपभोक्तालाई राहत

सिमेन्टको मूल्य बढाउने निर्णयबाट पछि हटे उद्योगी, उपभोक्तालाई राहत

बुधवार, मंसिर २६ २०८१०३:५५
बुधवार, मंसिर २६ २०८१०३:५५
  • images

    काठमाडौँ । पछिल्लो समय बढेको सिमेन्टको मूल्य घटाउन उद्योगी तयार भएका छन् । निर्माणकै सिजमा उद्योगीले सिमेन्टको मूल्य बढाएको भन्दै विरोध भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी तथा निर्माण व्यवसायीलाई छलफलका लागि बोलाएको थियो । 

    बुधबार मन्त्रालयमा भएको छलफलपछि उनिहरु बढेको मूल्य फिर्ता लिन तया भएको छलफलमा सहभागी निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । 

    उनका अनुसार काठमाडौँ उपत्यकामा उद्योगीहरुले ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेका छन् । उनकाअनुसार काठमाडौँ उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । 

    एक महिनाको अवधिमा सिमेन्ट उद्योगीले सिमेन्ट डेढसय रूपैयाँभन्दा बढी मूल्यवृद्धि गरेका थिए । कात्तिकदेखि सिमेन्ट उद्योगीहरुले आपसी सम्झदारीमा मूल्य बढाउदा निर्माणको लागत बढिरहेको भन्दै निर्माण व्यवसायी महासंघले विरोध गर्दै आएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend