२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रवि लामिछानेलाई अदालत उपस्थित गराइयो, प्रतिवेदन...

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो, प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो, प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

बिहिवार, मंसिर २७ २०८११०:४०
बिहिवार, मंसिर २७ २०८११०:४०
  • images

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

    सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गइएको हो । 

    लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको छ ।

    लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको  तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।’

    लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend