२०८३, आश्विन २१ गते

images

लगातार तीन दिन बढेको सुनको मूल्य आज स्थिर

लगातार तीन दिन बढेको सुनको मूल्य आज स्थिर

बिहिवार, मंसिर २७ २०८११०:४७
बिहिवार, मंसिर २७ २०८११०:४७
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता लगातार बढेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबारका लागि सुन र चाँदी दुबैको मूल्य स्थिर भएको हो । 

    गएको सोमबार तोलामा चारसय, मंगलबार दुई हजार एकसय र बुधबार तोलामा दुई हजार रुपैयाँ बढेको सुनको भाउ आज एक लाख ५४ हजार दुईसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

    आज चाँदीको मूल्य पनि हिजोकै यथावत छ। चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँमै यथावत रहेको महासंघले जनाएको छ। 

    विगत तीन दिनदेखि चाँदीको मूल्य भने घटबढ् भएको छैन। गएको सोमबारदेखि हिजोसम्म सुनको मूल्यमा चार हजार पाँचसय रुपैयाँ बढिसकेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend