२०८३, आश्विन २१ गते

images

नेप्से २७ सय विन्दु तल

नेप्से २७ सय विन्दु तल

बिहिवार, मंसिर २७ २०८१०३:२८
बिहिवार, मंसिर २७ २०८१०३:२८
  • images

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार घटेर बन्द भएको छ । बजार ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा बन्द भएको हो ।

    यस दिन कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३८ र म्युचुअल फन्ड समूहको परिसूचक ०.३९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.६४ प्रतिशतले घटेको छ । बिहीबार ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ४० कम्पनीको सेयर मूल्य बढेको छ । २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

    त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ८.५५ प्रतिशतले वृद्धि भएको छ । जानकी फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend