२०८३, आश्विन २१ गते

images

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती? (पूर्णपाठ)

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती? (पूर्णपाठ)

बिहिवार, मंसिर २७ २०८१०५:३४
बिहिवार, मंसिर २७ २०८१०५:३४
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको विवरण सार्वजनिक गरेको छ । यस अवधि बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा उक्त कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९९ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

    त्यस्तै, चार महिनामा नेपाल भित्रने विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भई पाँच खर्व २१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

    यता, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,४७,४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४,१०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १३७,४७५ र ६८,८४१ रहेको थियो ।

    त्यस्तै, यस अवधिमा चालु खाता र शोधनान्तर स्थिति सकारात्मक रहेर वित्तीय सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको विवरणअनुसार चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय सुधार देखाएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा समेत चालु खाताको स्थिति सुधारिएको छ ।

    नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय अवस्थाको विवरणअनुसार कात्तिक मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ, जसले अघिल्लो वर्षको असार मसान्तको २० खर्ब ४१ अर्ब १० करोडको तुलनामा १०.५ प्रतिशतको वृद्धि देखाएको छ।

    त्यस्तै, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप एक खर्ब ४९ अर्ब ८४ करोडले (२.३ प्रतिशत) वृद्धि भएको भने पाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend