२०८३, आश्विन २१ गते

images

डलरको मूल्यमा रेकर्ड ब्रेक

डलरको मूल्यमा रेकर्ड ब्रेक

शुक्रवार, मंसिर २८ २०८१०८:१९
शुक्रवार, मंसिर २८ २०८१०८:१९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको पनि आज मूल्य बढेको छ। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।

    यसअघि गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०७ पैसा पुगेको थियो। हिजो भने अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसामा झरेको थियो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८३ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १७ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८० र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा थियो। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा थियो। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५६ पैसा थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend