२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काठमाडौं आउँदै गरेको बस धादिङ गल्छीमा...

काठमाडौं आउँदै गरेको बस धादिङ गल्छीमा दुर्घटना

काठमाडौं आउँदै गरेको बस धादिङ गल्छीमा दुर्घटना

शनिवार, मंसिर २९ २०८१०७:२१
शनिवार, मंसिर २९ २०८१०७:२१
  • images

    काठमाडौं । धादिङ गल्छीमा बस दुर्घटना भएको छ। शनिबार साँझ बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुंगामा दुर्घटना भएको हो। दुर्घटनामा परि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ।

    घाइतेहरूमा कपिलवस्तुको शिवराज नगरपालिका-३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका-१ का ४२ वर्षीय चित्र बहादुर पाण्डे छन्। 

    त्यस्तै काभ्रेको बनेपा नगरालिका-७ का ३१ वर्षीय सुकराम कार्की र ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका-१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका- १ का ४२ वर्षीय राजनकुमार दास छन्। 

    उनीहरू सबैलाई बैरेनी अस्पताला प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको बिएन्डबी अस्पताल रेफर गरिएको छ । २४ जना सवार बस आफै अनियन्त्रित भएर सडकको छेउमा रहेको डिभाइडरमा ठोक्किएको थियो। बसचालक रूपन्देहीको सैनामैना नगरपालिका-९ का ३० वर्षीय भूपेन्द्र चापागाइँ प्रहरीको नियन्त्रणमा छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend