२०८३, आश्विन २१ गते

images

नेपालका सबै वायुसेवालाई युरोप उडान गर्न अझै प्रतिबन्ध

नेपालका सबै वायुसेवालाई युरोप उडान गर्न अझै प्रतिबन्ध

आइतवार, मंसिर ३० २०८१०८:१७
आइतवार, मंसिर ३० २०८१०८:१७
  • images

    काठमाडौं । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ । ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

    ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् । यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पनि युरोपका कुनै गन्तव्यमा जाँदैनन् ।

    यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनु हो । यसबाट चार्टर उडानमा जाँदा पनि समस्या पर्न सक्छ । ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend