२०८३, आश्विन २१ गते

images

आजदेखि राजविराज विमानस्थलमा रात्रीकालिन उडान

आजदेखि राजविराज विमानस्थलमा रात्रीकालिन उडान

सोमवार, पौष १ २०८१०८:२५
सोमवार, पौष १ २०८१०८:२५
  • images

    काठमाडौँ । आजदेखि राजविराज विमानस्थलमा रात्रीकालिन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलमा इन्स्टुमेन्ट फलाईट ल्यान्दिं प्रणालीअन्तर्गत कम भिजिबिलिटी भएको अवस्था र रात्रिकालिन समयमा पनि अवतरण गर्न मिल्ने प्रणाली जडान गरेसँगै रात्रीकालिन उडान सुरु हुन लागेको हो । 

    उक्त प्रणाली जडान भएसँगै सोमबारदेखि निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले उडान गर्नेछ । जसअनुसार बुद्ध एयरले गत शुक्रबार प्राधिकरण र सो वायुसेवा कम्पनीका पदाधिकारी तथा प्राविधिकहरुको सहभागितासहितको इन्त्रुमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्सको फिजिबिलिटी परिक्षण उडान सफल गरेको थियो । 

    आइ एफ आर तथा रात्रिकालिन उडानको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डे र प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीको सहभागितामा औपचारिक उद्घाटन हुनेछ । 

    सो प्रणाली जडानपश्चात अब राजविराज विमानस्थलमा दुई हजार मिटर भिजिबिलिटीमा नै र रात्रिकालिन समयमा पनि उडान/अवतरण हुनेछ । अहिले सो विमानस्थलमा भी एफ आर उडान मात्र हुने हुँदा उडानको लागि पाँच हजार मिटरको भिजिबिलिटी आवश्यक हुने गरेको छ । 

    आइ एफ आर नियम अन्तर्गत उडान सुरु भएमा हिउँदको समयमा कम भिजिबिलिटीले गर्दा हुने उडान डीले तथा रद्दमा कमी आई यात्रुहरुले समयमा नै यात्रा गर्न पाउने छन् ।

    सोमबारदेखि राजविराज विमानस्थलमा औपचारिक रुपमा रात्रीकालिन उडान सुरु भएसँगै हाल सञ्चालित १० वटा विमानस्थलमा रात्रिकालिन उडान हुनेछ । 

    यसअघि तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर विमानस्थलमा रात्रीकालिन उडान तथा अवतरण हुँदै आएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend