२०८३, आश्विन २१ गते

images

अब राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा

अब राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा

सोमवार, पौष १ २०८१११:४५
सोमवार, पौष १ २०८१११:४५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु गरेका छन् ।

    राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार (पौष १ गते) देखि यी दुई विभागले थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जनाएको छ ।

    राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘बालुवाटारस्थित भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएकाले मिति २०८१ पौष १ गतेदेखि उक्त विभागहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

    ०७२ सालको भूकम्पले थापाथलीस्थित कार्यालय भत्किएपछि राष्ट्र बैंकको सबै विभागका सेवा बालुवाटारस्थित कार्यालयमा सरेको थियो ।

    हाल राष्ट्र बैंकले विभिन्न १८ वटा विभागमार्फत सेवा दिदै आएको छ । जसमध्ये अहिले बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सारिएको हो । यी विभागबाट बैकिङ सम्बन्धी सबै गतिविधि बैकिङ विभागबाट र मुद्रा सटही, तरलता व्यवस्थापनलगायत काम मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend