२०८३, आश्विन २१ गते

images

एनएमबि बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

एनएमबि बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सोमवार, पौष १ २०८१०१:०१
सोमवार, पौष १ २०८१०१:०१
  • images

    काठमाडौँ । एनएमबि बैंक लिमिटेडले पुस २५ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो ।

    बैंकले सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म शेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

    वार्षिक साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको बैकले जनाएको छ।

    बैंकले एक सय रुपैयाँका दरले तीन अर्ब रुपैयाँ बराबरको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend