२०८३, आश्विन २१ गते

images

सेयर बजारमा पहिरोः ५१ अंकले बजार घट्दा ५ अर्ब ९३ करोडको कारोबार

सेयर बजारमा पहिरोः ५१ अंकले बजार घट्दा ५ अर्ब ९३ करोडको कारोबार

सोमवार, पौष १ २०८१०३:३३
सोमवार, पौष १ २०८१०३:३३
  • images

    काठमाडौं । सेयर बजारमा सोमबार भारी गिरावट आएको छ । नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा  बन्द भएको छ । आज बजारमा ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    लामो समयदेखि साइडवेजमा रहेको बजार सोमबार भने ठूलो अंकले घटेको हो । यस दिन कारोबार रकम पनि सामान्य रहेको छ । बजार माथि जान नसकेपछि पुनः तल झरेको हो । विशेषगरी सरकार परिवर्तनको हल्ला चलेपछी सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्बन्धमा खटपट भएको  अनावश्यक हलाले लगानीकर्ता अन्योलमा परेका छन् । 
     
    कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।सकारात्मक सर्किट  लागेसँगै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend