काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गरेको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर्याएको हो ।
न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको सयुक्त इजलासले रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।
गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए ।

