काठमाडौँ । मंगलबार सुनको मूल्य न्यून बढ्दा चाँदीको भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार मंगलरबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको मूल्य न्यून बढेसँगै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ । सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको थियो ।
सोमबार प्रतितोला २० रुपैयाँले घटेको चाँदीको मूल्य मंगलबार भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार हुनेछ ।

