२०८३, आश्विन २१ गते

images

सेयर बजारमा सामान्य सुधारः  ४ अर्बमा झर्‍यो कारोबार

सेयर बजारमा सामान्य सुधारः  ४ अर्बमा झर्‍यो कारोबार

मंगलवार, पौष २ २०८१०३:२७
मंगलवार, पौष २ २०८१०३:२७
  • images

    काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार ५१.३७ अंकले घटेको नेप्से  आज २.९५ अंकले बढेर बन्द भएको हो।
    नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज ३१८ स्क्रिप्सको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार  ७४० रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब बढिको सेयर कारोबार भएको थियो।

    आज एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले  बढ्यो। जानकी फाइनान्सको ९.८५ प्रतिशतले बढ्दा दोल्टी पावरको ९.०९,गुराँस लघुवित्त वित्तीय संस्थाको ८.४२ र नारायणी डेभलपमेन्ट बैंकको ६.९८ प्रतिशतले बढेको हो।

    यसदिन कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा  जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएका स्टक्समध्ये ११७ वटाको मूल्य बढ्दा ११७ वटाकै घट्यो। बाँकी १० स्टक्सको मूल्य स्थिर रह्यो। पाँच समूहको उपसूचक घट्दा अन्यको उपसूचक भने सकारात्मक देखिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend