२०८३, आश्विन २१ गते

images

साइन रेसुङ्गा बैंकले बोलायो साधारण सभा, कति छ नगद र बोनस सेयर ?

साइन रेसुङ्गा बैंकले बोलायो साधारण सभा, कति छ नगद र बोनस सेयर ?

सीएनएन खबर
मंगलवार, पौष २ २०८१०४:४६
सीएनएन खबर
मंगलवार, पौष २ २०८१०४:४६
  • images

    काठमाडौँ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले पुस १९ गते शुक्रबार बिहान ११ बजे रुपन्देहीको एक रिसोर्टमा बस्नेगरी साधारणसभा आह्वान गरेको हो । 

    उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नयाँ आर्थिक वर्षको लेखापरीक्षण नियुक्त गर्ने प्रस्तावका अतिरिक्त कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने तथा संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ३–३ जना समेत गरी ६ जनाको निर्वाचन गर्ने एजेन्डा तय गरिएको छ । 

    साइन रेसुङ्गाले यसपटक उपयुक्त संस्थासँग मर्जर गर्ने, कुनै संस्थालाई आफूमा गाभ्ने वा कुनै संस्थामा आफू गाभिनेगरी सहमति गर्न सक्नेगरी सञ्चालक समितिलाई सहमति गर्ने अधिकार दिने प्रस्ताव समेत पारित गर्नेछ ।

    बैंकले जारी गरेको सूचना अनुसार पुस ३ गते बैंकको शेयरधनी दर्ता किताब बन्द हुनेछ । पुस २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम बैंकको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाल लिइ मतदान गर्न र बोनस शेयर तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend