२०८३, आश्विन २१ गते

images

तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

बुधवार, पौष ३ २०८१०७:५३
बुधवार, पौष ३ २०८१०७:५३
  • images

    काठमाडौँ।  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रूपैयाँ  बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।

    चालु आवको साउनदेखि  असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाद रूपैयाँ रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख रूपैयाँ बराबरको खर्च भएको छ ।

    सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रूपैयाँ  बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रूपैयाँ रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७  हजार रूपैयाँ रहेको छ ।

    प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख रूपैयाँ र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख रूपैयाँ  बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

    गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसकेपनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ । 

    सो अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ रूपैयाँ  बराबरको आम्दानी गरेको छ ।

    नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रूपैयाँ बराबर खर्च भएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि १० अर्ब ८८ करोड ३८ लाख १० हजार रूपैयाँ बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ । त्यस्ते वैदेशिक भुक्तानीतर्फ छ अर्ब पाँच करोड ५३ लाख १७ करोड रूपैयाँ बराबर रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend