काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार दुबैको मूल्य घटेको हो ।
मंगलबारको तुलनामा सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, बुधबार नै चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ र चाँदी १ हजार ८ सय ४९ रुपैयाँमा कारोबार भएको थियो ।

