काठमाडौँ । विगत २५ वर्षदेखि पोखराको सडकमा सडक महोत्सव हुँदै आएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको नेतृत्वमा विगत २५ वर्ष देखी निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष पुस १३ गतदेखि सुरु हुने भएको हो ।
रेवान पोखराले बुधबार काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गर्दै पुस १३ गतेदेखि १७ गतेसम्म ५ दिने सडक महोत्सव हुन लागेको जनाएको हो । ‘सडक मै खाउ, सडकम मै नाचौा सडक मै रमाउँ’ भन्ने नारा सहित मनाउन लागिको २६औं संस्करणको पोखरा महोत्सव, २०२५ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
लोपोन्मुख भेषभूषा कला संस्कृती, ग्रामीण भेगमा उत्पादित घरेलु समाग्रीहरुको संरक्षण र प्रवर्द्धन, रोजगारी सिर्जना, आर्थिक चलायमान र समग्र आर्थिक विकास र समुन्नतिमा सहयोग पुयाउन र आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गरी पोखरालाई पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले पोखरा प्रत्येक वर्ष महोत्सवको आयोजना गर्ने गरिएको आयोजनकले जनाएको छ ।
५ दिन सम्म चल्ने यस महोत्सवमा पोखराको फिस्टेल गेट देखी खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म र कोमागाने पार्क भित्र विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सञ्चालन हुनेछ ।
उक्त महोत्सवको मुख्य प्रायोजकमा गोर्खा बु्रअरीको टुवोर्ग वियर र सह प्रायोजकमा ज्याक ड्नियल ह्स्किी, पेप्सी, नेपाल टेलिकम, जिंक, खुकुरी रक रहेका छन् । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदश र पोखरा पर्यटन परिषद् प्रवद्र्धकको रुपमा रहेका छन् ।

