२०८३, आश्विन २१ गते

images

शेयर बजारमा ५ अंकको गिरावट : कारोबार रकम ४ अर्ब २७ करोड

शेयर बजारमा ५ अंकको गिरावट : कारोबार रकम ४ अर्ब २७ करोड

बुधवार, पौष ३ २०८१०३:२३
बुधवार, पौष ३ २०८१०३:२३
  • images

    काठमाडौं ।  शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६० अंकले घटेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।

    आज ३१४ कम्पनीको ८१ करोड ४७ लाख ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको १२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मानुषि लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोका लगानीकर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend