२०८३, आश्विन २१ गते

images

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश,नगद र बोनस कति ?

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश,नगद र बोनस कति ?

बिहिवार, पौष ४ २०८११०:४४
बिहिवार, पौष ४ २०८११०:४४
  • images

    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३ प्रतिशत बोनस र ७।५३ प्रतिशत नगद लाभांश रहेको छ ।

    आजकै बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend