काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा लाेकविजय अधिकारीका अनुसार बिहीबार बिहान ७ बजे ३७ मिनेट जाँदा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गएको थियो।

