२०८३, आश्विन २३ गते

images

आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ हुँदै

आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ हुँदै

शुक्रवार, पौष १२ २०८१११:१०
शुक्रवार, पौष १२ २०८१११:१०
  • images

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। आगामी माघ १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने यो एक्स्पो स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण, र व्यापार अभिवृद्धिको उद्देश्यले आयोजना गर्न लागिएको हो।

    चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पोको आयोजना गरेको हो। व्यापार अभिवृद्धि र स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिँदै चेम्बरले हरेक वर्ष एक्स्पो गर्दै आएको छ। नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिँदै व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने उद्देश्यले आयोजना गरिएको यस एक्स्पोले क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई एकसाथ ल्याउने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय व्यापारिक सहभागिताले आर्थिक गतिविधि, प्रविधिको प्रयोग, र व्यापार व्यवस्थापनका नयाँ आयामहरूबारे जानकारी आदानप्रदान गर्न मद्दत पुग्नेछ। नेपालसहित बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, र पाकिस्तानजस्ता देशहरूका उत्पादनहरूको प्रदर्शनी यस मेलामा हुनेछ।

    एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा, खाद्य तथा पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, ज्वेलरी, कस्मेटिक सामग्री, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण र अन्य उपभोग्य सामग्री प्रदर्शनमा राखिने छन्। स्वदेशी र विदेशी गरी दुई सयभन्दा बढी स्टलमा यी वस्तुहरू प्रदर्शन गरिनेछ।

    पाँच दिनसम्म चल्ने चेम्बर एक्स्पोमा कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend