२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३...

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

मंगलवार, पौष २३ २०८१०८:३४
मंगलवार, पौष २३ २०८१०८:३४
  • images

    काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेको छ । 

    उक्त कल सेन्टरमा सीआईबीको टोलीले सोमबार राती छापा हानेको हो । सीआईबीले छापा हानेर  ५३ जना मानिससँगै मोबाइल फोन र ल्यापटप बरामद गरेको छ । 

    पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० दिपक थापाले जानकारी दिए ।

    उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend