२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • विपक्षी दलको बैठक जारी, साझा धारण...

विपक्षी दलको बैठक जारी, साझा धारण सार्वजनिक गर्ने

विपक्षी दलको बैठक जारी, साझा धारण सार्वजनिक गर्ने

शुक्रवार, माघ ४ २०८१०३:०४
शुक्रवार, माघ ४ २०८१०३:०४
  • images

    काठमाडौँ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालय नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन बैठक बसेको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

    बुधवार बसेको बैठकले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको ड्राफ्ट शीर्ष नेतालाई बुझाएका हुन् ।

    यादवका अनुसार कार्यदलले संसद् छलेर केपी ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेश, सरकारको ६ महिनाको कामकारबाही, सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका लगायत राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनेछ ।

    सोही विषयमा जानकारी दिनका लागि दिउँसो ३ बजे संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दैछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend