२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन:...

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन: अध्यक्ष यादव

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन: अध्यक्ष यादव

सीएनएन खबर
शनिवार, माघ ५ २०८१०१:४०
सीएनएन खबर
शनिवार, माघ ५ २०८१०१:४०
  • images

    काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन् । 

    बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताएका हुन् ।

    अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए । 

    मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend