२०८३, आश्विन २१ गते

images

राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान

मंगलवार, माघ ८ २०८११२:२६
मंगलवार, माघ ८ २०८११२:२६
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । 

    राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend