२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा...

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

शुक्रवार, माघ ११ २०८१०१:३०
शुक्रवार, माघ ११ २०८१०१:३०
  • images

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। त्रिपाठीविरुद्ध  उदयपुरका दिलबहादुर राईले काठमाडौं जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन्।

    त्रिपाठीले केही सञ्चार माध्यममा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाइ अमर्यादित, अशोभनीय र अति असंवेदनशिल टिप्पणी गरेको आरोप लगाइएको छ। 

    ‘विपक्षी आफैं अधिवक्ता भएको र अदालत र माननीय न्यायाधीशको विषयमा के कस्ता अभिव्यक्ति दिन मिल्छ भन्ने थाहा जानकारी नहुने हुँदैन। उहाँले जानी जानी अदालत तथा माननीय न्यायाधीशको अपमान हुने गरी दिएको अभिव्यक्ति अक्षम्य अपराधजन्य कार्य भएकाले उहाँलाई झिकाई बयान गराई स्वयंलाई तारिखमा बस्नुपर्ने, वारेससमेत राख्न नपाउने गरी आदेश गरी हदैसम्मको सजाय गरिपाउँ’, निवेदनमा भनिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend