२०८३, आश्विन २१ गते

images

जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिए

जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिए

आइतवार, माघ २० २०८१०७:०२
आइतवार, माघ २० २०८१०७:०२
  • images

    काठमाडौं । अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन् । विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक भित्र्याउन नसकेको हो ।

    सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए । त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन् । २०२४ मा ७९ हजार १०० भित्रिएका थिए । जनवरीमा भारतबाट २० हजार ४८५, चाइनाबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, बेलायतबाट ३ हजार ५२१ पर्यटक भित्रिएका छन् ।

    बंगलादेशबाट ४८ प्रतिशत बढ्दा भारतीय पर्यटक नै १५ प्रतिशतले घटेका छन् । सार्क मुलुकबाटै ४.३ प्रतिशतले पर्यटक गिरावट आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend