२०८३, आश्विन २३ गते

images

प्रहरी सहायक निरीक्षक पदका एक उम्मेदवारको सबै परीक्षा रद्द

प्रहरी सहायक निरीक्षक पदका एक उम्मेदवारको सबै परीक्षा रद्द

मंगलवार, माघ २२ २०८१०१:५८
मंगलवार, माघ २२ २०८१०१:५८
  • images

    काठमाडौं । लोक सेवा आयोगले प्रहरी सहायक निरीक्षक पदका उम्मेदवार विष्णुदेव यादवको सबै परीक्षा रद्द गरी कारबाही गरेको छ। आयोगको जलेश्वर कार्यालय, जलेश्वरबाट सञ्चालन भएको विज्ञापन नम्बर २/०८१-८२ (खुला समावेशी), नेपाल प्रहरी (जनपथ), प्रहरी सहायक निरीक्षक पदको मिति २०८१/१०/५ गते सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका उम्मेदवार विष्णुदेव यादवले ऐन उल्लङ्घन गरी परीक्षा दिएकाले उनको परीक्षा रद्द गरी कारबाही गरिएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार, धनगढी बस्ने मिश्री यादवको नाति योगेन्द्र प्रसाद यादवका छोरा रोल नम्बर २१००५१८ का उम्मेदवार विष्णुदेव यादवले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) बमोजिमको कसुर गरेको पुष्टि भएकाले उनको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरी कारबाही गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend