२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सकियो रविको बहसः पीडितका तर्फबाट ७...

सकियो रविको बहसः पीडितका तर्फबाट ७ जनाले थुनछेक बहस गर्ने

सकियो रविको बहसः पीडितका तर्फबाट ७ जनाले थुनछेक बहस गर्ने

बुधवार, माघ २३ २०८१०३:५१
बुधवार, माघ २३ २०८१०३:५१
  • images

    काठमाडौँ । साहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दाको अभियोग लागेका रवि लामिछानेको बयान सकिएको छ । उनको बयान बिहान पौने १२ बजेदेखि सुरु भएको थियो । चितवन अदालतका न्यायाधीश  दयाराम ढकालको इजलासमा उनको बयान भएको थियो ।

    जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार साढे ३ बजे बयान सकिएको हो । उनका अनुसार बयान सकिएलगत्तै थुनछेक बहसको तयारी गरिएको छ । बहसमा सहकारी पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता, दुई जना सहन्यायाधिवक्तासहित ७ र रवि तर्फबाट ६ जनाले बहसको लागि वकालतनामा लिएका छन् ।

    बहसमा सहभागी हुन वकालतनामा दर्ता गराउनेहरुमा सात जना सरकारका तर्फबाट र ६ जना प्रतिवादी तर्फका रहेका छन् ।

    जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर आएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी रहेका छन् । त्यसैगरी सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले जिल्ला अदालत चितवनमा वकालतनामा दर्ता गराएका छन् ।

    लामिछानेका तर्फबाट बहसको लागि एक जना वरिष्ठ अधिवक्तासहित ६ जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा। नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend