२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • लामिछानेलाई प्रहरीको जिम्मामा पठाउने चितवन जिल्ला...

लामिछानेलाई प्रहरीको जिम्मामा पठाउने चितवन जिल्ला अदालतले आदेश

लामिछानेलाई प्रहरीको जिम्मामा पठाउने चितवन जिल्ला अदालतले आदेश

बुधवार, माघ २३ २०८१०५:२६
बुधवार, माघ २३ २०८१०५:२६
  • images

    काठमाडौँ । चितवनको सहारा सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ।  न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्हरीको जिम्मा लगाएर पठाउने आदेश भएको हो। 

    उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ। यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा काठमाडौँ अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएको थियो। रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो। यी दुवै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए। 

    जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अभियोजन पक्षबाट तीन जनाले बहस गरेका छन्। 

    जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन्। यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेको विश्वकर्माले जानकारी दिए। 

    यससँगै आजलाई बहस सकिएको र बाँकी भोलि हुनेछ। तर रविलाई बहसका क्रममा थुनामा राख्ने कि परिवारको जिम्मा लगाएर पठाइदिने भन्ने आदेश हुन बाँकी छ। 

    सहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए।  जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस सुरु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend