२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • तनहुँमा वडाअध्यक्षले कुटे वडा सचिवः घाँटीमा...

तनहुँमा वडाअध्यक्षले कुटे वडा सचिवः घाँटीमा गहिरो चोट, चितवन मेडिकल कलेजमा उपचार हुँदै

तनहुँमा वडाअध्यक्षले कुटे वडा सचिवः घाँटीमा गहिरो चोट, चितवन मेडिकल कलेजमा उपचार हुँदै

सोमवार, फाल्गुण ५ २०८१०८:१४
सोमवार, फाल्गुण ५ २०८१०८:१४
  • images

    काठमाडौँ । तनहुँमा वडाअध्यक्षले वडा सचिवलाई कुटपिट गरेको पाइएको छ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बल बहादुर गुुरुङले वडामा कार्यरत वडा सचिव नविन भुसालमाथि कुटपिट गरेका हुन् । 

    कुटपिटबाट गम्भीर घाइते भएका वडा सचिवको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटना लगतै उनको बन्दिपुर अस्पतालमा उपचार गरिएको थियो । तर, गम्भीर चोट लागेपछि बन्दिपुर अस्पतालले उनको चितवन मेडिकल कलेजमा रिफर गरेको हो । 
     
    सचिव भुसालको घाँटीमा गहिरो चोट भएको चिकित्सकले बताएका छन् ।

    कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्ष तथा बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग सहित आकस्मिक सेवा बाहेक सबै कामकाज ठप्प पारेको गाउँपालिका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उक्त घटनापछि नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले विज्ञप्ती जारै गर्दै आपत्ति जनाएका छन् ।

    480317731_9185473878165837_8898009475943583026_n.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend