२०८३, आश्विन २१ गते

images
  • समाचार
  • भारतीयको नयाँ ठगी धन्दाः बूढानीलकण्ठमा अवैध...

भारतीयको नयाँ ठगी धन्दाः बूढानीलकण्ठमा अवैध बेटिङबाट पैसा उठाउने, भारतमा रकम पुर्‍याउने

भारतीयको नयाँ ठगी धन्दाः बूढानीलकण्ठमा अवैध बेटिङबाट पैसा उठाउने, भारतमा रकम पुर्‍याउने

मंगलवार, फाल्गुण ६ २०८११२:४४
मंगलवार, फाल्गुण ६ २०८११२:४४
  • images

    काठमाडौँ । सोमबार साँझ प्रहरीले बूढानीलकण्ठमा छापा हानेर २४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको पाइएको छ । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

    अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो । छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ ।

    यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।

    स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एप, टेलिग्र्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए । त्यसका लागि स्काई एक्सचेन्जकै मान्छेहरूले लगइन गर्नेलाई युजर आईडी र पासपोर्ट बनाएर दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    अनलाइन गेम तथा बेटिङ खेल्न भनेर रकम जम्मा गर्न लगाउने उक्त भारत पुर्‍याउने गरेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend