२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पाथीभरा केबलकार निर्माण कार्य स्थगित, वार्तामा...

पाथीभरा केबलकार निर्माण कार्य स्थगित, वार्तामा आउन आह्वान

पाथीभरा केबलकार निर्माण कार्य स्थगित, वार्तामा आउन आह्वान

सोमवार, फाल्गुण १२ २०८१०७:१७
सोमवार, फाल्गुण १२ २०८१०७:१७
  • images

    काठमाडौं । ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा गर्न लागिएको केबलकार निर्माण कार्य तत्काललाई स्थगित गएको छ । केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीद्वारा सोमबार जारी विज्ञप्तिमा केबलकार निर्माण कार्य तत्काललाई स्थगित गरिएको उल्लेख छ ।

    वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा समस्याको समाधान वार्ता र संवादबाट गर्ने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरिएको छ ।
    विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन हुन हार्दिक अपिल गर्दछु ।’

    patra-728x1024.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend