२०८३, आश्विन २२ गते

images
  • स्थानीय
  • नवलपरासी पश्चिम झडपको प्रमुख कारण प्रेम...

नवलपरासी पश्चिम झडपको प्रमुख कारण प्रेम विवाह, जलाइयो प्रहरीको गाडी

नवलपरासी पश्चिम झडपको प्रमुख कारण प्रेम विवाह, जलाइयो प्रहरीको गाडी

मंगलवार, फाल्गुण १३ २०८१०२:४७
मंगलवार, फाल्गुण १३ २०८१०२:४७
  • images

    काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबिच भएको झडपमा २० जना घाइते भएका छन् । झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन् ।

    दुई समुदायका युवा युवतिबिच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ । करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतिबिच विवाह भएपछि विवाद भइरहेको गाउँमा आज गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको थियो ।

    नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भने, ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबिच विवाद भयो । विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ ।

    उनका अनुसार ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको छ ।

    गाडीले ब्याक गरेर मान्छे हानेको विषयबाट सुरु भएको विवादबाट केटा र केटी पक्षबिच झडप भएको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend