२०८३, आश्विन २२ गते

images

७५ अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्ब माथिको कारोबार

७५ अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्ब माथिको कारोबार

आइतवार, फाल्गुण १८ २०८१०३:२३
आइतवार, फाल्गुण १८ २०८१०३:२३
  • images

    काठमाडौँ । नेप्से परिसूचक ७५.२४ अंकले बढ्दा १४ अर्ब २५ करोडको कारोबार भएको छ । आइतबार कारोबारमा आएकामध्ये १९६ कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटामा गिरावट आएको छ । अन्य ४ वटामा कुनै पनि परिवर्तन भएन ।

    समूहगत रूपमा म्यानुफ्याक्चर, लाइफ इन्स्योरेन्स, होटल र फाइनान्स समूहमा ४ प्रतिशत माथिको वृद्धि देखियो । म्युचुअल फन्डमा गिरावट आउँदा अन्य सेक्टरमा पनि नेप्सेकै औसतमा वृद्धि भएको छ । 

    हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र गर्डियन माइक्रो लाइफ इन्स्योरेन्समा १० प्रतिशतको वृद्धि देखिँदा एनआरआईसी र एचआरएलमा सबैभन्दा बढी कारोबार भएको छ । २८ सयको मनोवैज्ञानिक अवरोध तोडेको शेयर बजारमा आइतबार निकै ठूलो उत्साह देखिएको हाे ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend