२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चोभार सुक्खा बन्दरगाहामा चहलपहलः तातोपानी नाकाबाट...

चोभार सुक्खा बन्दरगाहामा चहलपहलः तातोपानी नाकाबाट समेत आउन थाले भन्सार जाँचपासका लागि सवारी साधन

चोभार सुक्खा बन्दरगाहामा चहलपहलः तातोपानी नाकाबाट समेत आउन थाले भन्सार जाँचपासका लागि सवारी साधन

आइतवार, फाल्गुण १८ २०८१०४:१२
आइतवार, फाल्गुण १८ २०८१०४:१२
  • images

    काठमाडौँ । काठमाडौँको चोभारमा सञ्चालित सुक्खा बन्दरगाहामा तातोपानी भन्सार नाकाबाट समेत मालबाहक सवारी साधनहरु आउन थालेको छ । 

    मिति २०७८ चैत्र २२ गतेदेखि सञ्चालनमा आएको चोभारमा सुक्खा बन्दरगाहमा पहिलो पटक तातोपानी भन्सार नाकाबाट भित्रिएका सवारीहरु भन्सार जाँचपासका लागि आएका हुन् । 


    हालसम्म चोभारमा दक्षिणी नाका ९वीरगञ्ज० बाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारी साधनहरु भन्सार जाँच पासका लागि आउने गरेको थियो । 

    भदौ १५ गतेदेखि भने तातोपानी भन्सारबाट समेत सवारीसाधनहरु आएका हुन् । फागुन १५ गते कोभेक(क्रिग(कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेको ४ वटा कन्टेनरहरु पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासको लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो ।  

    अर्थ मन्त्रालयले २०८१ कार्तिक गते राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो । यसअघि दक्षिणी नाकाहरु वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि सामान ल्याउन पाउने व्यवस्था थियो ।  

    तातोपानी नाकाबाट समेत भन्सार जाँचपासको लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक श्री आशिष गजुरेलले बताए । 

    पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्क लगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरुले नियमित रुपमा मालवाहक सवारी साधन सवारी चोभार आउने जानकारी समेत कार्यकारी निर्देशकले बताए । 

    त्यसैगरी आगामी दिनमा रसुवानाकाबाट पनि भन्सार जाँचपास गर्न सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको छ । काठमाडौमा आयात हुने सामान र काठमाडौ वरिपरीबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरुलाई कार्यकारी निर्देशक आशिष गजुरेलले जोड दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend