२०८३, आश्विन २२ गते

images
  • समाचार
  • बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालले पाए...

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालले पाए सफाइ

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालले पाए सफाइ

आइतवार, फाल्गुण १८ २०८१०५:३५
आइतवार, फाल्गुण १८ २०८१०५:३५
  • images

    काठमाडौँ । बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् । प्राधिकरणको अध्यक्ष भएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा लगाएका थियो । 

    तर, विशेष अदालतका सदस्यहरू रामवहादुर थापा, मुरारी श्रेष्ठ र तेजनारायण सिंहको संयुक्त इजलासले उनमाथिको आरोप पुष्टि नहुने ठहर गर्दै सफाइ दिएको हो ।

    सिलवालविरुद्ध अख्तियारले गत मंसिर २४ झुटा विवरण पेश गरेर नियुक्ति लिएको र नागरिकता किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । तर उनले उमेर ढाँटेर जागिर खाएको र १५ साउन २०८० मै अवकाश हुनुपर्ने जिकिर अख्तियारको थियो ।

    सिलवालमाथि मुद्दा चलिरहेकै बेला सरकारले गत सातामात्र बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझालाई नियुक्त गरेको छ ।

    सिलवालले सफाइ पाएसँगै उनी पुनर्वहाली भएको जिकिर उनको पक्षका कानून व्यवसायीको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend