२०८३, आश्विन २२ गते

images

प्रभु बैंकको दार्चुलाको खलंगामा नयाँ शाखा

प्रभु बैंकको दार्चुलाको खलंगामा नयाँ शाखा

सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८११०:२२
सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८११०:२२
  • images

    काठमाडौं । प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२ औं शाखा सञ्चालनमा ल्याएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएको हो ।

    बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गरिरहेको छ ।

    अभियानले देशैभरि बैंकिङ पहुँचमा वृद्धिमात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको बैंकको भनाइ छ ।

    बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्ने बैंकको विश्वास छ ।

    त्यस्तै दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकको सेवा अब देशका ७७ जिल्लामा विस्तार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend