२०८३, आश्विन २२ गते

images

सोमबार पनि सुनचाँदी दुबैको मूल्य स्थिर

सोमबार पनि सुनचाँदी दुबैको मूल्य स्थिर

सोमवार, फाल्गुण १९ २०८११०:४०
सोमवार, फाल्गुण १९ २०८११०:४०
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुन चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार स्थिर रहेको सुनचाँदीको मूल्यले सोमबार पनि निरन्तरता पाएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४४ हजार १ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ४२ रुपैयाँ  कायम भएको छ  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend