२०८३, आश्विन २२ गते

images
  • समाचार
  • अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा...

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८११०:४२
सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८११०:४२
  • images

    काठमाडौं । अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् । उनलाई सोही नगरपालिका-१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    पक्राउ परेका बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बस्यालले एक वर्षअघि २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

    क वर्गकी अपाङ्गता भएको ती महिलालाई बस्यालले आफ्नो घरमा घरायसी काम गराउने र त्यसै बेला कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको आरोप छ । पीडित महिलाबाट तीन महिनाअघि छोराको जन्म भएको  छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend