२०८३, आश्विन २२ गते

images
  • समाचार
  • गैरिधारामा खुल्यो जापानी भाषा र सिप...

गैरिधारामा खुल्यो जापानी भाषा र सिप सिकाउने ट्रेनिङ सेन्टर, के छन् विशेषता ?

गैरिधारामा खुल्यो जापानी भाषा र सिप सिकाउने ट्रेनिङ सेन्टर, के छन् विशेषता ?

सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०२:२७
सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०२:२७
  • images

    काठमाडौँ । काठमाडौँको गैरिधारामा ट्रेनिङ सेन्टर खुुलेको छ । जापान जाने कामदारलाई लक्षित गर्दै जापानीज भाषा र सिपमा दक्ष बनाउने उद्देश्यले गैरिधारामा ग्लोबल स्किल ट्रेनिङ सेन्टर सञ्चालनमा आएको हो ।

    आइतबार आयोजित विशेष समारोहमा जापानस्थित सुनागु होल्डिङका अध्यक्ष सकागुची ताकेहिरो, आइएमजी कम्पनी लिमिटेड (सुजुरान अस्पताल ग्रुप) की अध्यक्ष मारिको यासुई र ९२ वर्षीय लक्ष्मण श्रेष्ठले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरे।

    ग्लोबल स्किल ट्रेनिङ सेन्टरले जापान जान इच्छुक युवाहरूलाई जापानी भाषा, केयर गिभर, रेस्टुरेन्ट सेवा, स्काई फोल्डिङ लगायतका विभिन्न सिप प्रदान गर्नेछ।

    ‘भाषा मात्र नभई सिप पनि अत्यावश्यक भएकाले यो सेन्टर स्थापना गरिएको हो’, हार्भेस्ट मुन ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठले भने, ‘दक्षता बिना विदेशमा गएर काम गर्दा धेरै युवाले कठिनाइ भोग्नुपरेको छ, साथै न्यून तलबमा सीमित हुनुपरेको छ। त्यसैले, जापान पठाउनुअघि नै कामदारलाई आवश्यक सिप प्रदान गर्न यो ट्रेनिङ सेन्टर सञ्चालन गरिएको हो। हामी विद्यार्थी मात्र होइन, दक्ष कामदार पनि जापान पठाउने छौं।’

    उद्घाटन समारोहमा प्रमुख अतिथि सुनागु होल्डिङका अध्यक्ष सकागुची ताकेहिरोले आगामी तीन वर्षभित्र १० हजार र चार वर्षभित्र १ लाख जनशक्ति जापान पठाउने लक्ष्य राखिएको बताए। 

    जापानमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेको उनको भनाइ छ। आइएमजी कम्पनी लिमिटेड (सुजुरान अस्पताल ग्रुप) की अध्यक्ष मारिको यासुइले नेपाली कामदारलाई जापान उपयुक्त गन्तव्य भएको बताइन्।

    ग्लोबल स्किल ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठन–पाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि मेडिकल इक्विप्मेन्टसहितको प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा रहेका छन्। 

    कक्षा कोठाहरू ४० देखि १४० जना प्रशिक्षार्थी अट्ने क्षमताका छन् भने ५०० भन्दा बढी व्यक्तिलाई समेट्न सक्ने हल समेत रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend