२०८३, आश्विन २२ गते

images

नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

सीएनएन खबर
मंगलवार, फाल्गुण २० २०८११०:०९
सीएनएन खबर
मंगलवार, फाल्गुण २० २०८११०:०९
  • images

    काठमाडौं । नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधाको यो प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट क्षेत्र र सामाजिक क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्राप्त गरेको हो।

    उक्त अवार्ड नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमुख संचालन अधिकृत विकास आनन्दले ग्रहण गरेका थिए। कार्यक्रममा प्रमुख निर्णायक प्रा. डा. फत्त बहादुर केसीले अवार्ड प्रदान गरेका थिए भने शेयरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्सका अध्यक्ष मोहनराज ओझाको उपस्थिति रहेको थियो।

    कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको पनि उपस्थिति रहेको थियो। अवार्ड ग्रहणपछि नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकले आफ्ना ग्राहक, शेयरधनी तथा समग्र बैंकिङ क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले यस सम्मानले बैंकलाई अझ उत्कृष्ट सेवा प्रवाह गर्न प्रेरित गर्ने बताए।

    नेपाल एसबिआई बैंक नेपाली वित्तीय क्षेत्रको एक प्रमुख संस्था हो, जसले आफ्ना नवीनतम सेवा तथा प्रविधिमैत्री बैंकिङ प्रणाली मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। यस अवार्डले बैंकलाई अझ प्रभावकारी तथा आधुनिक बैंकिङ प्रवर्द्धन गर्न थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend