२०८३, आश्विन २२ गते

images

फेरि एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

फेरि एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

बुधवार, फाल्गुण २१ २०८११०:४७
बुधवार, फाल्गुण २१ २०८११०:४७
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुन १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँ पुगेको हो । 

    अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ६९ हजार ५ सय मूल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी  दश रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी एक हजार ९ सय  ४० रुपैयाँमा कारोबार भएको थियो । 

    आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४६ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ७२ रुपैयाँ  कायम भएको छ  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend